पात्रो

रेडियो

समाचार खोजी

तीन सातादेखि नागढुंगा सुरुङमार्ग परियोजनाको निर्माण कार्य ठप्प, समयमै सम्पन्न हुनेमा चुनौती

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार

स्थानियले गरेको अबरद्धका कारण नागढुङ्गा सुरुङमार्ग निर्माण ठप्पा भएको तीन साता बितिसकेको छ । परियोजनाका पूर्वी क्षेत्र अर्थात् काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीयले थप विभिन्न माग राख्दै ३ चैतदेखि निर्माण कार्य अवरोध गरेका हुन् । स्थानीयले सधँैभरि निःशुल्क खानेपानी दिनुपर्ने, स्थानीयलाई रोजगारी दिनुपर्नेलगयातका सातवटा माग राखेका छन् । निःशुल्क खानेपानी दिने विषयमा सडक विभागले निर्णय गर्न नसक्ने भएकाले आवश्यक सहजीकरण गर्न सडक विभागले खानेपानी मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर, त्यहाँबाट थप निर्णय आइसकेको छैन । परियोजामा स्थानीयले १० भन्दा बढीपटक काम रोकिसकेका छन् । यसरी पटक पटक काम अबरद्ध हुँदा परियोजना समयमै सम्पन्न हुनेमा चुनौती देखिएको छ । 
हालसम्म परियोजनाको भौतिक प्रगति ८६.३६ प्रतिशत पुगिसकेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको देखाएको छ । ठेक्का प्राप्त जापनिज निर्माण कम्पनी हाज्मा एन्ड कर्पोरेसनले डिसेम्बर ०२० ९पुस ०७७० देखि सुरुङ खन्न सुरु गरेको थियो ।सामान्य रूपमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालनमा गर्न लक्ष्य थियो । ठेक्काको  म्याद थप गरेर २५ अक्टोबर ०२५ ९८ कात्तिक ०८२० सम्म पुर्‍याइएको छ । त्यो अवधिमा परियोजना सञ्चालनमा ल्याउने लक्ष्य थियो । तर, पटक–पटक हुने अवरोधले समयमै परियोजना बन्नेमा चुनौती देखिएको छ । 

परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं–नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २,५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको छ । मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङको काम सम्पन्न भइसकेको छ । त्यसपछि सडक कंक्रिट गर्न सुरु गरिएको थियो । अहिले परियोजनामा अन्तिम चरणका काम भइरहँदा स्थानीयको अवरोधले अन्योलमा परेको छ । २२ अर्ब ८२ करोडभन्दा बढी लागतमा बन्दै गरेको परियोजनामा जाइकाले १७ अर्ब १५ करोड सहुलियत ऋण दिएको छ । बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ