पात्रो

रेडियो

समाचार खोजी

राजावादीको प्रदर्शनीले क्षति पुर्याएको भन्दै ११ निर्जिबन बिमा कम्पनीमा पाँच करोडको बिमा दाबी

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार

राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनीले क्षति पु¥याएको भन्दै निर्जिबन बिमा कम्पनीहरुमा पाँच करोडभन्दा बढीको बिमा दावी परेको छ ।  नेपाल बिमा प्राधिकरणका अनुसार ११ निर्जीवन बिमा कम्पनीमा सोबराबरको रकम दाबी गरी ४३ वटा निवेदन परेका छन् ।   


तथ्यांकअनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १४ लाख ६० हजार रुपैयाँको चार, दी ओरिएन्टलमा ४७ लाख ५० हजार रुपैयाँको एक, नेकोमा ५२ लाख रुपैयाँको चार, नेपाल इन्स्योरेन्समा आठ लाख ७१ हजार रुपैयाँको एक, नेसनलमा २० लाख ७५ हजार रुपैयाँको ११, प्रभुमा ५० हजार रुपैयाँको एक, शिखरमा १३ लाख २५ हजार रुपैयाँको पाँच, सगरमाथा लुम्बिनीमा ६८ लाख ९१ हजार रुपैयाँको पाँच, सिद्धार्थ प्रिमियरमा एक करोड १७ लाख ५० हजार रुपैयाँको आठ, हिमालयन एभरेस्टमा १६ लाख ९५ हजार रुपैयाँको एक र राष्ट्रिय बिमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँका दुईवटा दाबी परेको देखिन्छ । बिमा कम्पनीमा थप दाबी पर्ने अनुमान पनि गरिएको छ । १७ चैतमा प्राधिकरणले यसरी आउने दाबीलाई सहज रूपमा यथाशक्य छिटो फस्र्योट गर्न सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइसकेको छ । 

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता