पात्रो

रेडियो

समाचार खोजी

‘चुज योर फ्युचर हुन्डाईसँगै’ योजना सार्वजनिक

साझा अर्थ संवाददाता २२ चैत २०८१, शुक्रवार

 

हुन्डाईले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँगै’ योजना सार्वजनिक गरेको छ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष ०८२ लाई लक्षित गर्दै यो योजना ल्याएको हो । योजना २१ चैतदेखि नेपालभरि लागू भएको छ । 

योजनाअन्तर्गत ग्राहकले हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको ‘चुज योर फ्युचर’ थिमसहित क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल)लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको विश्वास छ । त्यसैगरी, योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधासमेत पाउनेछन् । 

कम्पनीका अनुसार सबै आइस हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र इभी गाडीको हाई भोल्टेज ब्याट्रीमा आठ वर्ष र गाडीका अन्य पार्टस्मा दुई वर्षको वारेन्टी उपलब्ध हुनेछ । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याट एसयुभी, एसयुभी तथा इभी गाडी खरिद गरी फाइदा लिन सकिनेछ । 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु