पात्रो

रेडियो

समाचार खोजी

बक्यौता उठाउन खोज्दा हटाइएको कुलमान घिसिङको दाबी

साझा अर्थ संवाददाता २२ चैत २०८१, शुक्रवार

 

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका उद्योगीहरुको बक्यौता उठाउन खोज्दा आफूलाई हटाइएको नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले जिकिर गरेका छन् । प्राधिकरणबाट हटाइएपछि पहिलो पटक पत्रकार सम्मलेन गर्दै घिसिङले विद्युत महसुल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई हजारौं कागजात मागेर हतोत्साही बनाउने काम भएको बताए ।

महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको उनको भनाइ छ । उद्योगीहरुबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नु परेको उनको दाबी छ । ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु अपराध भएको हो रु,’ उनले भने, ‘यसको जवाफ जनताले दिने छन् ।’

227 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ