पात्रो

रेडियो

समाचार खोजी

सिआइटीको तीन संस्थासँग छुट्टाछुट्टै सम्झौता

साझा अर्थ संवाददाता २१ चैत २०८१, बिहिवार

 

नागरिक लगानी कोष (सिआइटी) र विभिन्न तीन संस्थाबिच सम्झौता भएको छ । कोषले पूर्वाञ्चल विश्वविद्यालय, सानिगाड तथा कालंगा हाइड्रोबिच सम्झौता भएको हो । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबिच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र कोषका तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरे । 

यसैबिच सानिगाड हाइड्रो लिमिटेडको प्रतिकित्ता सय रुपैयाँ अंकित दरमा ८५ लाख ५० हजार कित्ताको सेयर प्रत्याभूति गर्ने सम्झौता पनि भएको छ । त्यस्तै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको ४९ करोड रुपैयाँको सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतासमेत गरेको छ ।

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ