पात्रो

रेडियो

समाचार खोजी

सानिमा जीआईसी इन्स्योरेन्सको साधारणसभा आज

साझा अर्थ संवाददाता २१ चैत २०८१, बिहिवार

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ७.५ प्रतिशत वोनश सेयर प्रस्ताव गरिएको साधारणसभा आज चैत २१ गते काठमाडौंमा बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।  
अन्य प्रस्तावमा, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने,  गत आवका सबै वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्नेलगायत रहेका छन् । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ । अतः चैत ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथैसभामा सहभागी बन्न पाउनेछन् । 

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता