फोर्ब्सले अप्रिल १, २०२५ मा प्रकाशित गरेको विश्व अर्बपति सूचीअनुसार चौधरीको सम्पत्ति सन् २०२४ को १.८ अर्ब डलरबाट बढेर २ अर्ब डलर पुगेको छ। चौधरी फोब्र्सको सूचीमा १७६४ औ स्थानबाट ३५ स्थान सुधार गरेर १७२९ औं स्थानमा पुगेका छन् ।
बिनोद चौधरीको मुख्य व्यवसाय सीजी कर्प ग्लोबल हो, जसको सबैभन्दा ठूलो हिस्सा वाइ वाइ नुडल्सको उत्पादन र बिक्रीले ओगट्छ। यो नुडल्स नेपाल, भारत, बंगलादेश, सर्बिया र इजिप्टमा लोकप्रिय छ। उनको व्यवसायमा नबिल बैंकको ठूलो हिस्सा र १४३ वटा होटलहरूको सञ्जाल पनि समावेश छ, जसमा भारतको ताज होटल्ससँगको सहकार्य उल्लेखनीय छ। सीजी कर्पले खाद्य, बैंकिङ, आतिथ्य, र रियल स्टेट क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ।
साझा अर्थ संवाददाता