पात्रो

रेडियो

समाचार खोजी

नयाँ वर्षका लागि यामाहाले ल्यायो ‘थ्रिल अफ थ्री’ योजना

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार

 यामाहाले नयाँ वर्ष ०८२ को सुरुवात ‘थ्रिल अफ थ्री’ योजनासँगै गर्ने भएको छ । कम्पनीले यामाहाका फ्यानलाई आकर्षक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न यो योजना ल्याएको जनाएको छ । यो योजना यामाहा मोटरसाइकल र स्कुटरको एक्साइटमेन्ट, स्टाइल र पर्फमेन्सको उत्सव मनाउने अवसर भएको बताइएको छ । राइडर, ट्रेन्डसेटर वा पर्फमेन्स खोज्ने व्यक्तिका लागि यो योजना ल्याइएको हो । 

‘थ्रिल अफ थ्री’अन्तर्गत ग्राहकले सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ साझा गर्दा तत्काल एक हजार रुपैयाँ जित्नेछन् । त्यसैगरी, नजिकैको यामाहा डिलरसिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदा ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै, योजना अवधिमा ब्रान्ड–न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एक लाखसम्मको नगद पुरस्कार पाइने पनि कम्पनीको भनाइ छ ।

यसबाहेक ग्राहकले तत्काल एक्सचेन्ज, सुलभ किस्ताबन्दी र छानिएका मोडेलमा शून्य प्रतशित ब्याजदरमा किस्ताबन्दीसमेत पाउनेछन् । उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फमेन्स रोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ