पात्रो

रेडियो

समाचार खोजी

२० हजारले गरे पोखरा अटो सो अवलोकन

साझा अर्थ संवाददाता १८ चैत २०८१, सोमवार

 

पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ मा  करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए ।

चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको थियो भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, र अमरसिंह मा।वि। सहयोगी संस्थाका रूपमा रहेका थिए । 

प्रदर्शनीमा खल्ती एप टिकटिङ पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स अफिसियल इन्सुरेन्स पार्टनर, होटल शारा हस्पिटालिटी पार्टनर, तथा नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स हस्पिटल पार्टनर रहेका थिए ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए । आयोजकहरूका अनुसार अटो शोले स्थानीय बजारमा अटोमोबाइल उद्योगको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

287 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्