पात्रो

रेडियो

समाचार खोजी

लुटपाटबाट भाटभटेनी कोटेश्वरमा ८० लाखको क्षति

साझा अर्थ संवाददाता १८ चैत २०८१, सोमवार

काठमाडौं । गत शुक्रबार भएको लुटपाटमा कोटेश्वरस्थित भाटभटेनी शाखामा ८० लाख रुपैयाँको क्षति भएको भाटभटेनीले जनाएको छ । यसअघि एक संचारमाध्यममा भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले आफ्नो विचार राख्दै कुल क्षती ७५ देखि ८० करोड रुपैयाँ बराबरको भएको बताए पनि  त्यो टङस्लिपका कारण भएको उनले जिकिर गरेका छन् ।

उनका अनुसार शुक्रबारको लुटपाटमा ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको भाटभटेनीले जानकारी दिएको छ ।

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ