पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्ने भएको छ । यसका लागि कम्पनीले राउन्ड टेबुल नेपालसँग सहकार्य गर्ने भएको हो । नेपाल लाइफले प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबुल नेपालसँग सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो । काठमाडौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबुल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा योजनाको प्राविधिक साझेदारका रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पासमेत सहभागी थिए ।

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउन्ड टेबुल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)सँग सहकार्य गरेको पराजुलीले बताए । सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

राउन्ड टेबुल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक पाँच हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको बताए । उनले आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको सुनाए । समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता