वैद्य इनर्जी प्रा. लि. ले नेपालमा २०२५ Ather 450X र २०२५ Ather 450S सार्वजनिक गरेको छ। कम्पनीका अनुसार “Bike of Scooters” उपनाम दिइएको Ather 450X अब बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउँछ।
बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पांग्रालाई अगाडिको पांग्रासँग तालमेल मिलाउन मद्दत गर्ने र यसले स्कुटरलाई थप स्थिरता र नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । यस सुविधाले शहरको ट्राफिकदेखि अफ-रोड यात्रासम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ ।
ट्र्याक्सन कन्ट्रोलका तीन मोडहरू:
रेन मोड: भिजेको वा चिप्लो सडकमा थप ग्रिप प्रदान गरी सुरक्षालाई प्राथमिकता दिन्छ ।
रोड मोड: दैनिक सवारीका लागि सुरक्षित र प्रदर्शनबीच सन्तुलन कायम गर्छ ।
र्याली मोड: अफ-रोड यात्रा प्रेमीहरूका लागि विशेष रूपले डिजाइन गरिएको, जसले निश्चित मात्रामा स्लिप नियन्त्रण गरी उत्कृष्ट अनुभव दिन्छ ।
वैद्य इनर्जी प्रा. लि. का सीईओ सूर्यांश वैद्यले भने: “नेपालमा Ather स्कुटरहरू पछिल्ला डेढ वर्षदेखि ग्राहकहरूले अत्यधिक रुचाएका छन् । अब, हामी २०२५ Ather 450 लाई बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित प्रस्तुत गर्दैछौं, जसले सुरक्षासँगै प्रदर्शन पनि बढाउनेछ। प्रिमियम मोटरसाइकलहरूमा मात्र पाइने यस्ता विशेषताहरू अब हाम्रो स्मार्ट स्कुटरमा उपलब्ध छन्।”
स्कुटरको दायरा (रेन्ज) सुधार गर्न नयाँ टायर टेक्नोलोजी
Ather ले MRF सँग सहकार्य गरी नयाँ मल्टि- कम्पाउन्ड टायरहरू विकास गरेको छ, जसले ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्छ र ऊर्जा खपतलाई अनुकूल बनाउँने कम्पनीले जनाएको छ ।
•Ather 450X (3.7 kWh) को वास्तविक दायरा (True Range ) १३० किमी (IDC : १६१ किमी)
.Ather 450X (2.9 kWh ) र 4505 को वास्तविक दायरा १०५ किमी (IDC : १२६ किमी / १२२ किमी)
Ather Stack 6 – परिष्कृत सफ्टवेयर इञ्जिन
कम्पनीका अनुसार नयाँ Ather Stack 6 सफ्टवेयरले निम्न सुविधाहरू ल्याउँछ:
• Google Maps एकीकरणः सहज नेभिगेसन अनुभव |
•Alexa आवाज सहायक समर्थन: हात प्रयोग नगरी निर्देशन दिन सकिने ।
•WhatsApp सूचना ड्यासबोर्डमाः मोबाइल चलाउनै नपर्ने सुविधा ।
•”Ping My Scooter” सुविधा: पार्किङमा सजिलै स्कुटर पत्ता लगाउन ।
•Live Location Sharing: यात्रा गर्दा आफ्नो वास्तविक लोकेसन साझा गर्न सकिने ।
वैद्य इनर्जी प्रा. लि. ले २०२३ मा नेपालमा पहिलो Ather अनुभव केन्द्र (Experience Centre) खोलेको थियो। हाल नेपालभरि ६ अनुभव केन्द्र, १ टेस्ट राइड जोन, ५ सेवा केन्द्रहरू र २१ Ather Grid चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् ।
२०२५ Ather 450 को नेपाल मूल्य सूची:
Ather 450 (२०२५): Rs ३२४,९९९
Ather 450X (2.9 kWh ) (२०२५): NRs ३६४, ९९९
Ather 450X (3.7 kWh) (२०२५): NRs ३९९,९९९
“Eight 70 Warranty” योजनाः
•८ वर्ष वा ८०,००० किमीको ब्याट्री वारेन्टी |
•७०% ब्याट्री स्वास्थ्य प्रत्याभूति ।
AMC प्याकेजहरू :
•Ather Care
• Ather Care Plus
Ather Care Max
Ather Rizta बुकिङ खुल्ला!
वैद्य इनर्जी प्रा. लि. ले Ather Rizta को बुकिङ खोलिसकेको छ, जसले परिवार लक्षि ग्राहकहरूलाई लक्षित गर्दै इलेक्ट्रिक गतिशीलतामा नवीनता ल्याउने कम्पनीले जनाएको छ ।
वैद्य इनर्जी प्रा. लि. (Ather Energy Nepal) को बारेमा
वैद्य इनर्जी प्रा. लि. (Ather Energy Nepal) नेपालमा Ather स्कुटरको एक मात्र आधिकारि वितरक हो र वैद्य ग्रुपको सहायक कम्पनी हो । यो नेपालकै अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये एक हो, जसले नवीनता, प्रदर्शन र दिगोपनलाई प्राथमिकता दिँदै इलेक्ट्रिक गतिशीलतामा नेतृत्व गरिरहेको छ । नेपालभर ६ अनुभव केन्द्र, १ टेस्ट राइड जोन, ५ सेवा केन्द्रहरू, र २१ फास्ट चार्जिङ ग्रिड स्टेशनहरू सहित, Ather Energy Nepal ले नेपालमा इलेक्ट्रिक सवारीको क्षेत्रमा क्रान्ति ल्याइरहेको छ ।
साझा अर्थ संवाददाता