पात्रो

रेडियो

समाचार खोजी

आन्दोलन हिंसात्मक भएको भन्दै महासंघद्वारा क्षतिपुर्ति माग

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

राजावादीले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक भएको भन्दै निजी क्षेत्रले त्यसको भत्र्सना गर्दै क्षतिपुर्ति माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै आन्दोलनबाट सर्वसाधारण एवं उद्यमी–व्यवसायीको सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 
‘०८१ चैत १५ गते काठमाडौंमा भएको आन्दोलन–प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुखद छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति दिनुपर्ने महासंघको माग छ ।’ 

संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय भएको महासंघको ठहर छ । ‘कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासंघ घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै, महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।’

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ