सिटिजन लाइफको सभा आम्रपाली ब्यांक्वेट, नक्साल, काठमाडौंमा हुदैछ । सभाले चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, बोनस शेयर जारीापश्चात् चुक्ता पुँजी ५ अर्ब पुग्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यस्तै, गत आवका सम्पूर्ण वार्षिक प्रतिवदेन छलफल गरी पारित गर्नुका साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक तोक्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
साझा अर्थ संवाददाता