पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशका ४५ सय भन्दा बढीलाई दियो बित्तिय साक्षरता

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार



काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२५’को अवसरमा  सातै प्रदेशका विभिन्न शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । अभियान अन्तर्गत सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् ।


वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो ।

राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ

 

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ