काठमाडौं । मंगलबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र दलाल व्यवसायी ९ब्रोकर० मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । निर्देशिका पारित भएसँगै चुक्ता पूजी नपुगेका ब्रोकर कम्पनीलाई मर्जरमा जान बाटो खुलेको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली २०६४ ) मा २०७९ भदौ २९ गते भएको पाँचौ संशोधनमा दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । धितोपत्र बोर्डका अनुसार २४ वटा कम्पनीले बोनस, हकप्रद वा मर्जर गरेर पुँजी पुर्याउने योजना पेश गरेका छन् ।
साझा अर्थ संवाददाता