पात्रो

रेडियो

समाचार खोजी

कोरियाबाट सिटी एक्सप्रेस मार्फत रेमिट्यान्स पठाउने निराजनले पाए साढे सात लाख

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कोरियाबाट निराजन ढकालले जिमनि ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा उक्त योजनाअन्तर्गत आफूले पठाएको रकमको १८ गुणा गरी रु ७,५४,३६२ जित्न सफल भएका थिए, सो रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटीपे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ९रु ५०० को वालेट टपअप०, २४ जनाले साप्ताहिक उपहार ९सामसुङको स्मार्ट टिभी० र ६ जनाले मासिक उपहार ९सामसुङको स्मार्ट फोन० जित्न सफल भइसकेका छन् ।

सोही कार्यक्रममा सिटी एक्सप्रेसले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषयवस्तुमा क्यालेन्डर तयार पारेको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ