पात्रो

रेडियो

समाचार खोजी

प्रोटोनको ‘इ–मास ७’ नेपाली बजारमा

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

 

प्रोटोनको विद्युतीय कार ‘इ–मास ७’ नेपाली बजारमा भित्रिएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमबिच ‘इ–मास ७’ सार्वजनिक गरेको हो । यो प्रोटोनको पहिलो विद्युतीय कार हो । 

प्रोटोन इ–मासले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । प्रोटोन ‘इ–मास ७’ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जसको मूल्य नेपाली बजारमा ५७ लाख रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । यो गाडी प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रिन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी पाँचवटा आकर्षक कलरमा उपलब्ध छ । 

यसको प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री संरचना छ, जसले फुल चार्जमा तीन सय ४५ किलोमिटर माइलेज दिने बताइएको छ । यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री संरचना छ, जसले फुल चार्जमा चार सय १० किलोमिटर माइलेज दिनेछ । यो गाडी डिसी फास्ट चार्जरले ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज २० मिनेटमै हुने बताइको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोन इ–मास ७ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘नेपाल दिगो यातायाततर्फ अघि बढिरहेका वेलामा हाम्रो उद्देश्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटरचालकको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’ 

जगदम्बाले आगामी आर्थिक वर्षमा देशभर डिलरसिप विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । यस्तै, चार्जिङ स्टेसन पूर्वाधार विस्तारमा पनि केन्द्रित रहने कम्पनीले जनाएको छ ।

274 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ