पात्रो

रेडियो

समाचार खोजी

लेखा समितिले ४८ उजुरी छानविन गर्न बनायो सातवटा कार्यदल

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्याउने निर्णय गरेको छ । समितिको आजको बैठकले त्यसका लागि विषयगत रुपमा सातवटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
ठकले समितिमा प्राप्त थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ। 

समितिका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत् प्राधिकरण तथा सहरी विकास मन्त्रालय सम्बद्ध उजुरी छानबिनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल निर्माण गरिएको छ । 

टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वको कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालय, गैरकानुनी बिमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरी छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल गठन गरिएको छ।

यस्तै, सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल गठन भएको छ। खेलकुद, नेपाल स्काउट र गैरकानुनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ।

स्वास्थ्य, क्रसर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामा नेतृत्वको  कार्यदल गठन भएको छ।

बैठकले पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न बनाइएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको समिति सदस्य शर्माको भनाइ छ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता