पात्रो

रेडियो

समाचार खोजी

सामसङ ग्यालेक्सी ए ५६ फाइभजीको प्रि–अर्डर घोषणा

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

सामसङ नेपालले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ । आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने छन् । 

ग्यालेक्सी ए ५६ फाइभजीले पहिलो पटक ‘अवेसम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ । वान युआई ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ । 

साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ अवेयसम इन्टेलिजेन्सले एआई फर अल अभियानलाई अझ मजबुत बनाउने बताए । 

विशेष प्रि–अर्डर अन्तर्गत २ हजार रूपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि–अर्डर गर्न सकिनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रूपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट ३, केवल ३ हजार ९९९ रूपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन् ।

नेपालमा १२ जीबी प्लस २५६ जीबी स्टोरेज र ८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । १२ जीबी र्‍याम भएको फोनको मूल्य ७० हजार ९९९ रूपैयाँ र  ८ जीबी र्‍याम भएको फोनको मूल्य ६५ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

साथै, ‘सबको फोन’ र ‘अर्को स्टोर’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए ५६ फाइभजीमा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ । ग्यालेक्सी ग्यालेक्सी ए ५६ फाइभजीको बजारमा २४ मार्चदेखि उपलब्ध हुनेछ । सामसङ इन्टाफाइनान्स सेवा अन्तर्गत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शुन्य प्रतिशत ब्याजदरमा फोन खरिद गर्न सकिने छ ।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ