पात्रो

रेडियो

समाचार खोजी

विद्युत कटौतीले व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव : महासंघ

साझा अर्थ संवाददाता ७ चैत २०८१, बिहिवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको  विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव पारेको जनाएको छ ।  
विद्युत आपूर्तिको अस्थिरताका कारण उद्योगहरूमा प्रयोग गरिने मेसिनरी तथा अन्य उपकरणहरूमा समेत क्षति पुगिरहेको तथा मर्मत, संभार र प्रतिस्थापनमा ठूलो आर्थिक भार परेको महासंघले जनाएको छ। यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना रहेको महासंघको धारणा छ।

महासंघले सरकारलाई उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन समेत आग्रह गरेको छ।

322 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्