पोखरामा पहिलोपटक बृहत् अटो प्रदर्शनी वाडा अटो सो हुने भएको छ । पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिसँगै पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको आयोजनामा १४ देखि १७ चैतसम्म ‘प्रथम नाडा प्रेजेन्टस् वाडा अटो सो २०२५’ हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो।
पोखरा–१२ अमरसिंह चौरमा हुने अटो शोको गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक, पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा र अमरसिंह मावि सहयोगीका रूपमा रहेका छन् । प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा।लि।, अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स ९सलिको०, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटेल सारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस ९मनिपाल हस्पिटल० रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९जेम्स० ले गर्ने वाडाका उपाध्यक्षसमेत रहेका अटो सोका संयोजक निरन केसीले जानकारी दिए। नवीनतम् सवारीसाधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उदेश्यसहित अटो सो आयोजना गरिएको केसीले जानकारी दिए ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनका अध्यक्ष दिपेन्द्र कोईरालाले अटो शोमा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्प खोज्ने साझा थलो बनाउने गरी आयोजना गर्ने कोइरालाले बताए ।
प्रदर्शनीमा १९ ब्राण्डका चार पांग्रे, ६ ब्राण्डका लाइट कमर्शियल, सात ब्राण्डका दुई पांग्रे सवारी साधनसँगै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिज, २० वित्तीय संस्था समेत सहभागि हुने पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनका कोषाध्यक्ष अशोक चालिसेले जानकारी दिए ।
प्रदर्शनीमा टोयटा, ओमोडा, अथर, बजाज, बिवाइडी, सिट्रोन, दीपल, डङफेङ, हाइगर, हुन्डाई, इसुजु, एक्स्पेङ, काई, टाटा, एमजी, स्काइवेल, रिडारा, जिकर, जेको, नामी, किया, कामा, न्यु गो नाउ, स्काइवथ, लिपमोटर, सुजुकी, निशान, महिन्द्रा, एथर, सेरेस, टिभिएस, यामाहा, ट्राइम्प, रोयलइन्फिल्डलगायत ब्राण्डका सवारी साधनको सहभागिता रहने चालिसेले जानकारी दिए ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षासम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी विविध जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिने छ ।
अटो सोको प्रचारप्रसारका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, युवा उद्यमी मञ्च पोखरा, जेन्टा क्लब अफ पोखराको संयुक्त आयोजनामा ९ चैतमा र्याली आयोजना गरिनेछ। चारदिने अटो सो को ३५ हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ । अटो सोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सको सुविधासमेत रहनेछ।
साझा अर्थ संवाददाता