पात्रो

रेडियो

समाचार खोजी

आठ महिनामा ४४ अर्ब ६६ करोड बराबरको बैदेशिक लगानी प्रतिबद्धता

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा ४४ अर्ब ६६ करोड तीन लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । फागुनसम्म  चार सय २७ वटा उद्योग स्थापना र ११ हजार चार सय ७५ जनालाई रोजगारी दिने उद्देश्यसहित प्रतिबद्धता आएको हो । यसमध्ये फागुनमा मात्रै १७ अर्ब ८१ करोड ८६ लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको छ ।  
 
फागुन मसान्तसम्म सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा २२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँबराबर लगानी प्रतिबद्धता आएकोे छ । त्यसपछि पर्यटन क्षेत्रमा १७ अर्ब ९० करोड ७५ लाख,   उत्पादनमूलक क्षेत्रमा दुई अर्ब ६३ करोड २० लाख रुपैयाँ, ऊर्जामूलकमा दुई करोड ५५ लाख रुपैयाँ, कृषिमूलकमा ७६ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकमा दुई करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सेवा क्षेत्रमा ५४ वटा, पर्यटन क्षेत्रमा एक सय ८० वटा, उत्पादनमूलकमा ३० वटा, उर्जा क्षेत्रमा एकवटा, कृषि मुलकमा सातवटा र पूर्वाधार क्षेत्रमा एकवटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएकोे हो । 

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्