पात्रो

रेडियो

समाचार खोजी

बिजनेस समिटको इन्टरनेट पार्टनर वर्ल्डलिंक

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

 

नेपाल बिजनेस समिट–२०२५ को दोस्रो संस्करणको इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेसन्स बन्ने भएको छ । ७ वैशाख ०८२ मा काठमाडौंमा हुने उक्त सम्मेलनकोे आयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स, नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) रहनेछन् । साथै, विभिन्न मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले पनि सम्मेलनमा साझेदारी गर्ने बताइएको छ । 

‘इकोनोमी फर अ सस्टेनेबल एन्ड रेजिलिएन्ट फ्युचर’ नारासहित आयोजना हुने सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग–व्यावसायिक तथा सम्भावना बोकेका क्षेत्रमा देखिएका जल्दाबल्दा विषयहरूमा केन्द्रित रही छलफल हुनेछ । 

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले स्टार्टअप, इनोभेसन र सूचना प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै राष्ट्रियस्तरमा आयोजना हुने यस्ता सम्मेलनले सरकारको नीति–निर्माणमा सहजीकरण र निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सहयोग पुग्ने बताए । 

त्यस्तै, एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटी संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधिलगायतको उपस्थिति रहने जानकारी दिए । 

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ