पात्रो

रेडियो

समाचार खोजी

७९ जनालाई सिटिजन्स बैंकको ‘दीर्घ सेवा सम्मान’

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

 

सिटिजन्स बैंक इन्टरनेसनलले बैंकमा लामो समय काम गरेका कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’ गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले १० वर्ष सेवा गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । साथै, बैंकले १९औँ वर्ष प्रवेशका अवसरमा एकमहिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रम गरिरहेको छ । ७ चैतदेखि बैंक स्थापनाको १९औँ वर्षमा प्रवेश गर्दै छ । 

कार्यक्रममा बोल्दै सिइओ पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नुमा कर्मचारीको मिहिनेत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारी रहेको उल्लेख गरे । सोही समारोहमा बैंकले नयाँ वर्ष ०८२ को क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ