पात्रो

रेडियो

समाचार खोजी

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा ५ जनाको नाम सर्टलिस्टमा

साझा अर्थ संवाददाता ३ चैत २०८१, आइतवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको लागि आवदेन दिएका १० जनाबाट ५ जनाको नाम सर्टलिस्ट भएको छ । सीइओ नियुक्तिको लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले  शैक्षिक योग्य र उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजनाको आधारमा बढी अंक पाउने ५ जनाको नाम सर्टलिस्ट गरेको जनाएको छ। सर्टलिस्टमा पर्नेमा चुडामणि चापागाई, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् हो । अब सिफारिस समितिले सर्टलिस्टमा परेका यी ५ जनाको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ताका लागि   चैत्र ६ गते बुधबारको मिति तोकिएको छ। सोही आधारमा ३ जनाको नाम सीइओ नियुक्तिको लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । ति ३ जना मध्ये मन्त्रिपरिषदले एक जनालाई नेप्सेको सीइओ नियुक्त गर्ने छ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ