पात्रो

रेडियो

समाचार खोजी

आठ महिनामा ४४ अर्ब ६६ करोड बराबरको बैदेशिक लगानी प्रतिबद्धता

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को आठ महिनामा ४४ अर्ब ६६ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग बिभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यो अवधिमा बिभिन्न क्षेत्रका ४२७ परियोजनामा सो बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । फागुनमा मात्रै ४० परियोजनामा १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार विदेशी लगानी प्रतिवद्धता आएको देखिन्छ ।  तथ्यांकअनुसार यो आठ महिनामा अटोमेटिक रुटबाट १९४ परियोजनामा दुई अर्ब ७५ करोड ६८ लाख ९७ हजार प्रतिवद्धता आएको देखिन्छ ।  

सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाइ छ ।

यसैगरी आठ महिनामा कागजी प्रक्रिया अर्थात् स्वीकृत मोडलबाट २३३ परियोजनामा ४१ अर्ब ९० करोड ३४ लाख ७६ हजार रुपियाँ बराबरको लगानी प्रतिवद्धता आएको बिभागको तथ्यांकमा उल्लेख छ । त्यसमा फागुन महिनामा मात्रै २१ परियोजनामा १७ अर्ब ६७ करोड रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । समीक्षा अवधिमा ४१५ साना, आठ मझौला र चार ठूला उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको 

91 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्