पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ मन्दिरमा क्युआर कोड स्क्यान भेटी दिन सकिने

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

काठमाडौं । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दीरमा भीम युपिआई सेवा शुभारम्भ गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा विशेष समारोहकाबीच अब भारतका नागरिकहरूले क्युआर कोड स्क्यान गरेर मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा र अन्य भुक्तानी गर्न सक्नेगरी उक्त् युपिआई सेवा सुरुवात गरिएको हो ।
यो सेवा भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्दै नेपाल–भारत वित्तीय सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राख्दछ। साथै, यो सेवा क्रस–बोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो, जसले नेपाल र भारतका बीचको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। 
समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले यस अवसरमा भीम युपिआई सेवाले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने विश्वास व्यक्त गरे। उनले डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन सचेतना कार्यक्रमहरूको सञ्चालनको आवश्यकता औंल्याए। गभर्नर अधिकारीले डिजिटल नेपाल अभियानलाई प्राथमिकता दिँदै यस्तो प्रविधिको प्रचारमा निरन्तर प्रतिबद्ध रहने जनाएका छन्। 
प्रभु बैंकले देशभर ७७ जिल्लामा ३१२ शाखा र ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। यस बीचमा, मन्दिर क्षेत्रमा डिजिटल भुक्तानीको सहजता ल्याउने यो पहलले भक्तजनहरूलाई थप सुविधा र सहजता प्रदान गर्नेछ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्