पात्रो

रेडियो

समाचार खोजी

तातोपानी नाकाबाट निकासी खुल्न सकेन

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

भूकम्पपछि चिनियाँ पक्षले नेपालका लागि निकासी खुला गरेको बताए पनि नेपालबाट निकासी हुन सकेको छैन । सहजता र दूरीको हिसाबले व्यापारीहरू तातोपानी नाका प्रयोग गर्न चाहन्छन् । यद्यपि, चिनियाँ पक्ष भने निकासी खुला गर्न तयार भएको छैन । नेपाली मालवस्तु बुझिलिने चिनियाँ एजेन्ट खासामा नहुँदा र चीन सरकारले उनीहरूलाई केरुङमा मात्रै खटाएकाले निकासी खुल्न नसेकेको हो । 

तातोपानी नाकाको वास्तविक अवस्था बुझ्न सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको समन्वय र अनुरोधमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला सिगात्से, न्यालम, खासा हुँदै गत शुक्रबार तातोपानी भन्सार आइपुगेका थिए । 

उनले सीमामा रहेका व्यापारी, संघ–संस्था र स्थानीय जनप्रतिनिधिसँगको अन्तक्र्रियापछि सीमा समस्याबारे नेपाल सरकार र चीन सरकारसँग वार्ता गर्ने प्रतिबद्धता जनाएका छन् । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार सरकारको योजनाबमोजिम नै महावाणिज्यदूतले सीमानाका र भन्सारको स्थलगत अवलोकन गरेका हुन् ।

अन्तक्र्रियाका क्रममा स्थानीय तथा व्यापारिक संघ–संस्थाले जीर्ण कोदारी सडकखण्डबारे चासो राखेका छन् । सीमामा बस्ने नेपालीलाई विगतमाझैँ खासा र न्यालमसम्म गएर काम गर्न दिनुपर्ने, वान डे पास लागू गर्नुपर्ने, नेपाली मालवस्तुको निकासी, ल्हासा–काठमाडौं बस सेवा, भारतीय धार्मिक पर्यटकलाई कैलाशमान सरोवर जाने अनुमति र सीमास्थित भोटेकोशी नदीमा चिनियाँ क्षेत्रमा जसरी नेपालपट्टि पनि तटबन्ध निर्माण गर्नुपर्ने विषयलाई स्थानीयले जोडदार रूपमा उठाएका छन् ।  

‘नेपाल–चीन द्विपक्षीय हितका लागि हामीले स्थानीयसहित सीमामा छलफल गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘अब छिट्टै चिनियाँ समकक्षीसँग वार्ता गरेर हल गर्न सकिने विषयउपर काम गरिनेछ ।’ यद्यपि, चिनियाँ पक्षले खासा पुनर्निर्माण जारी रहेकाले हाललाई नेपाली पक्षको मागलाई स्थगित गरेको बताउँदै आएको छ ।

290 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्