पात्रो

रेडियो

समाचार खोजी

कालीगण्डकी गर्ज हाइड्रोपावरमा ६ बैंकको २९ अर्ब ६२ करोड लगानी

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिमा लक्ष्मी सनराइजसहितका ६ वटा बैंकले कुल लागतमध्ये २९ अर्ब ६२ करोड ६० लाख लगानी गर्ने भएका छन् । यससम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज र कालीगण्डकी गर्जबिच लगानी सम्झौता भएको छ । बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्जले निर्माण गर्ने एक सय ८० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको बताइएको छ । 

आयोजनाले विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकका रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । परियोजना निर्माणका लागि बैंकको नेतृत्वमा सहभागी बैंकले कुल लागतको ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्नेछन् ।

बैंकको प्रोजेक्ट फाइनान्स ९टर्म लोन० प्रतिबद्धता नौ अर्ब छ भने सहअगुवा बैंकमध्ये ग्लोबल आइएमई बैंकको सात अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको पाँच अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, हिमालयन बैंकले तीन अर्ब, नेपाल एसबिआई बैंकले तीन अर्ब र एभरेष्ट बैंकले दुई अर्ब ५० करोड गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको बताइएको छ । आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न हुनेछ ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्