पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए शपथ

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आज शपथ ग्रहण गरेका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकबाट उनी अध्यक्षमा चयन भएका हुन्। पाँडेले प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्त्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको  प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । विगतका वर्षहरूमा प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा, पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी-११ का राजन पोख्रेल बताए।

 राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले मोरङका सिमसारमा गरेको एक अध्ययनले सिमसारमा कङ्क्रिटको प्रयोगले गर्दा कछुवालगायत प्रजातिलाई नदी किनारमा आउने तथा फुल पार्नेजस्ता काममा असर गर्न सक्ने उल्लेख छ । मोरङमा करिब एक दशकदेखि सिमसार संरक्षणमा लाग्दै आएका अनुसन्धानकर्ता पोखरेलले हालसम्म एक दर्जनभन्दा बढी कछुवाको उद्धार गरेर विभिन्न सिमसार क्षेत्रमा छाडेको जानकारी पनि दिए । 

उनका अनुसार कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ । औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ ।  त्यसैले जलवायु परिवर्तनका कारण हुने तापमान वृद्धिका कारण यो प्रजातिको पनि स्वाभाविक रूपमा नै असर गर्न सक्ने उनले बताए । यही प्रजातिको प्रजननमा जलवायु परिवर्तनका कारण के–कस्तो  असर पार्छ भनेर अध्ययन नभए पनि जलवायु परिवर्तनका कारण पारस्थितकीय प्रणालीको ह्रास आउने तथा प्रजातिहरूलाई नकारात्मक असर गर्ने पोख्रेलले बताए ।

धेरै प्रजातिका कछुवाहरू सिमसारमा आश्रित हुन्छन् । नेपालमा  पाइने कछुवामध्ये इलङ्गेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा)मात्र जमिनमा पाइने पोख्रेलले बताए ।  मानवीय अतिक्रमण, वन फडानी तथा डढेलोका कारण यस्ता प्रजाति संटमा पर्ने संरक्षण अधिकृत पोख्रेलको भनाइ छ ।  वन फडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् संकटमा पर्ने उनले बताए ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ