पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्स्योरेन्सको १५.७९८ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

नेपाल इन्स्योरेन्सले  कम्पनीले चैत्र १९ गते लाभांस प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता