सानिमा जिआईसी इन्स्योरेन्सले चैत्र २१ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता