राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले गराएको एक लाख जरिवाना रकम तिरेको छ । राप्रपाका सासंद ज्ञानेन्द्रवहादुर शाहीले महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई एक लाख रुपैयाँ जरिवाना तिरेका हुन । उनले सामाजिक सन्जालमा राप्रपाले सुशासन र विधिको पालना गर्दै भन्दै जरिवाना रकम तिरेको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन् ,’हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौ १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।’
आन्दोलनको क्रममा नेकपा एमालले पनि दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिर्न ताकेता गरेको थियो । तर, हालसम्म पनि एमालले जरिवान बापत एक लाख रुपैयाँ तिरेको छैन ।
साझा अर्थ संवाददाता