काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
केन्द्रीय बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।
राष्ट्र बैंकले आगामी चैत्र ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता, वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा आयोजना गर्ने जनाएको छ ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।
‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
साझा अर्थ संवाददाता