पात्रो

रेडियो

समाचार खोजी

औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम चयन

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम चयन भएका छन् । संघको २४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट बुटवलका एजाज आलम अध्यक्षतामा चयन भएका हुन् ।

शनिबार बुटवलमा सम्पन्न महाधिवेशनबाट एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।  सदस्यहरुमा विरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार र जगदीश उप्रेती, सागर शर्मा र सुयशराज पराजुली एसोसिएट सदस्य चयन भएका छन् ।

यस्तै, पदेन सदस्यहरुमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान, किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह रहेका छन् ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ