पात्रो

रेडियो

समाचार खोजी

भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने

साझा अर्थ संवाददाता २२ फागुन २०८१, बिहिवार

अब भिपिएन अन गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ ।  
ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भिपिएनको प्रयोग गरे–नगरेको पहिचान गरी आधिकारिक भिपिएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

भुक्तानी सेवाप्रदायकले कम्तीमा दुई वर्षमा एकपटक डेटा सेन्टरमा हुन सक्ने जोखिम र त्यसको सुधारको परीक्षण डेटा सेन्टर डिजास्टर ड्रिल गर्नुपर्ने भएको छ । यस्तो परीक्षण सम्पन्न भइसकेपछि केन्द्रीय बैंकमा यसको प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ । त्यस्तै, भुक्तानी सेवाप्रदायक संस्थाहरूले सूचना प्रविधि विभागबाट सूचीकृत भएका संस्थासँग मात्रै डेटा सेन्टर राख्न पाउने भएका छन् । 

भुक्तानी सेवाप्रदायकलाई इन्टरनेटविनाको ९युएसएसडी बेस्ड पेमेन्ट सिस्टम० सेवाबापत कारोबार गर्न पाउने दैनिक सीमा अधिकतम १० हजार तोकिएको छ । यद्यपि एकपटकमा पाँच हजारभन्दा बढी कारोबार नहुने उल्लेख छ ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु