काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गते बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त कम्पनीको शेयर १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले पर्नेछ ।
साझा अर्थ संवाददाता