पात्रो

रेडियो

समाचार खोजी

वर्ल्डलिंकले ल्यायो आइफोन–१६ जित्न सकिने अफर

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

 

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ ग्राहक बन्दा वा सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेताले आइफोन–१६ उपहार पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकको संख्या १० लाख पुग्न लागेको अवसरमा यो अफर ल्याएको जनाएको छ । 

कम्पनीले देशभरका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ । १० लाख घरधुरीसम्म सेवा विस्तार हुनु र कम्तीमा ५० लाख जनतामाझ वर्ल्डलिंकको सेवा पुग्नु यसैको उदाहरण भएको कम्पनीको भनाइ छ ।

साथै, कम्पनीले इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तार गरी आमनेपालीको पहुँचमा पु¥याउने प्रतिबद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्म १० लाख घरधुरी पु¥याउने लक्ष्य कम्पनीको छ । 

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता