पात्रो

रेडियो

समाचार खोजी

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर

साझा अर्थ संवाददाता १८ फागुन २०८१, आइतवार

 

एनसेलका ग्राहकले अब कुनै पनि प्याक किन्दा निःशुल्क रूपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने भएका छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रोडक्ट खरिद गर्दा आठ जिबीसम्म डेटा वा दुई सय मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्नेछन् । 

यो अफर बिहीबारदेखि लागू भइसकेको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने ‘सधैँ अन’ रिन्युअल प्याक हालै मात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको जनाएको छ ।

‘म्याजिक रिसोर्सेज’अन्तर्गत ‘सधैँ अन’ रिन्युअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटालगायत १५ विभिन्न प्याक खरिद गर्ने ग्राहकले बोनस सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस अफरअन्तर्गत समावेश ‘सधैँ अन’ रिन्युअल प्याकमा प्याकअनुसार ग्राहकले पाँच जिबीदेखि ७.५ जिबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम वा १० देखि दुई सय अन–नेट एसएमएस बोनसका रूपमा प्राप्त गर्नेछन । त्यसैगरी, सात दिन समयसीमा रहेको २०० को कम्बो प्याकमा ग्राहकले प्याकमा समावेश ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनसबापत दुई जिबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम वा १० अन–नेट एसएमएस प्राप्त गर्नेछन् । 

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता