नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड आजबाट ४०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले समस्त ग्राहकवर्गहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद दिए।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने जनाएको छ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। यो पटकको वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु’ नामक चित्र पुस्तक सार्वजनिक गरेको छ। उक्त चित्रकथाको उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकले जनाएको छ।
३९औँ वार्षिकोत्सवमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ। जुन खाता ग्राहकले रु। ३९ मौज्दातमै खोल्न सक्नेछन्। यसमा रु। ३९ मा एनआईएमबी स्मार्ट ९मोबाइल बैंकिङ० सुविधा, रु। ३९ मा भर्चुअल प्रिपेड कार्ड सुविधा, रु। ३९ मा डेबिट कार्ड सुविधा, रु। ३९ मा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९५ छुट पाइनेछ।
उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा ‘बैंक अफ दि एयर’ अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’, ‘बेस्ट बैंक २०२१’ र ‘बेस्ट बैंक २०२३’ का लागि युरोमनी अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।
साझा अर्थ संवाददाता