पात्रो

रेडियो

समाचार खोजी

मेडिकल एन्ड ल्याब एक्स्पो १५ फागुनदेखि भृकुटीमण्डपमा

साझा अर्थ संवाददाता १४ फागुन २०८१, बुधवार

 

नेपाल मेडिकल एन्ड ल्याब एक्स्पोको आठौँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केम्सन), इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल (इइपिसी इन्डिया)को संयुक्त आयोजनामा हुन लागेको एक्स्पो १५–१७ फागुनसम्म चल्नेछ । एक्स्पोमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादन तथा प्रविधि ल्याइने बताइएको छ । यो एक्स्पोले चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ता समूहहरूलाई जोड्नेछ । 

आयोजकका अनुसार चिकित्सा तथा डायग्नोस्टिक्स क्षेत्रका सबै विधा समेट्ने गरी एनएमएसले अन्तर्राष्ट्रिय उत्पादनको विस्तृत दायरा प्रस्तुत गर्नेछ । एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायत देशबाट उच्च गुणस्तरका आपूर्तिकर्तालाई नेपालमा ल्याउनेछ, जसले नवीनतम डिजाइन, नवीनतम प्रविधि तथा विकास प्रदर्शन गर्ने बताइएको छ । 

‘अहिले स्वास्थ्य सेवा क्षेत्रमा नेपाल पनि तीव्र गतिमा अगाडि बढिरहेको बजार बनेको छ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक्स्पोले आफैँलाई यस्तो एकल उद्योग मञ्चका रूपमा स्थापित गरेको छ, जहाँ सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योग एकै ठाउँमा भेला भई आपसी सहकार्य, बजार जानकारी आदान–प्रदान, नवीन विचार आदान–प्रदान तथा व्यवसाय गर्न सक्छन् । प्रमुख उद्योगी–व्यवसायी यस एक्स्पोमा सहभागी भई गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णयकर्ता भेट्न तथा नयाँ भारतीय तथा अन्तर्राष्ट्रिय ग्राहक प्राप्त गर्न जुट्नेछन् ।’ 

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता