पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैंकको अध्यक्षमा पंज्ञानी

साझा अर्थ संवाददाता १४ फागुन २०८१, बुधवार

 

नेपाल बैंक लिमिटेडको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । ९ फागुनमा बसेको बैंक सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्षको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पंज्ञानी अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै गत २७ भदौमा बैंकको सञ्चालक बनेका थिए । उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखाका सहसचिवसमेत हुन् ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता