पात्रो

रेडियो

समाचार खोजी

उच्च पदस्थ व्यक्ति पहिचान गर्न राष्ट्र बैंकको नँया व्यवस्था

साझा अर्थ संवाददाता १४ फागुन २०८१, बुधवार

नपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।

राष्ट्र बैंकले यी संस्थाहरुका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचान तथा सोको सम्पुष्टि ९केवाईसी० नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा अनिवार्य गर्ने, उच्च पदस्थ व्यक्ति पहिचान तथा यकिन गर्ने, उनीहरुको वर्गीकरण गर्ने, उच्चपदस्थका परिवार तथा सम्बद्ध व्यक्ति पहिचान गर्नेलगायतका काम गर्न निर्देशन दिएको हो ।  

यी संस्थाहरुले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रुपमा ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।

त्यसैगरी, शंकास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार गर्दा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले जारी गरेको कार्यविधिअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । 


 

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्