काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले कार्यभर सम्हालेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
साझा अर्थ संवाददाता