काठमाडौं । नेपाल-इटाली व्यापार तथा उद्योग संघको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
साधारण सभाका प्रमुख अतिथि रहेका इटालीका मानार्थ वाणिज्यदूत राजेश काजी श्रेष्ठले नेपाल( इटाली व्यापार प्रवर्द्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र मल्ल, संघका अध्यक्ष संजय अग्रवाल तथा उपाध्यक्ष मनोज अग्रवाललगायतको उपस्थिति रहेको थियो। संघका महासचिव श्री मनोज श्रेष्ठले आर्थिक सहकार्य र व्यापार विस्तारमा इटाली सरकारको सहयोगको महत्त्वपूर्ण भूमिका रहेको औंल्याए। साथै, नेपाल९इटाली सम्बन्धलाई सशक्त बनाउन संघले खेलिरहेको भूमिकाबारे चर्चा गरे।
संघका अध्यक्ष संजय अग्रवालले नेपाल९इटाली सम्बन्धको सुदृढीकरणका लागि संघले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै, व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। ११औं वार्षिक साधारण सभाले नेपाल(इटाली व्यापार तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने संकेत गरेको छ।
साझा अर्थ संवाददाता