पात्रो

रेडियो

समाचार खोजी

एनसेलको ‘फ्ल्यास सेल’मा बोनस डेटा र टकटाइम

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

 
एनसेलले ‘खल्ती’सँगको साझेदारीमा ‘फ्ल्यास सेल’ योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्नेछन् ।

योजना ११ फागुनदेखि लागू भई चैत ९ सम्म सञ्चालनमा रहनेछ । योजनामा बोनससहित सेवाको फाइदा लिन र उपहार जित्न ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक प्याकको खरिद गर्नुपर्नेछ । जसमा ‘सधैँ अन’अन्तर्गतका चार, ‘होम एन्ड अवे’का दुई वा ‘९९९ अनलिमिटेड’ प्याक रहेका छन् ।

‘सधैँ अन’का प्याकमा ग्राहकले ५ जिबी, ८ जिबी वा १० जिबी डेटा बोनसका रूपमा पाउने एनसेलले जनाएको छ । त्यस्तै, ‘होम एन्ड अवे’ प्याक किन्दा ५ जिबी वा ७ जिबी थप डेटा बोनस पाइनेछ । त्यसैगरी, ‘९९९ अनलिमिटेड’ डेटा प्याक किन्दा सय मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्छन् ।

सुरुवातमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेक आइतबार ग्राहकलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागू भएको एनसेलको भनाइ छ । 

खल्तीसँगको यो साझेदारीले ग्राहकलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । साथै, हरेक शनिबार सञ्चालन हुँदै आएको ‘फ्ल्यास सेल’ पनि जारी रहने बताइएको छ । 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता