पात्रो

रेडियो

समाचार खोजी

हिमालयन एभरेष्ट र आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १३ फागुन २०८१, मङ्गलवार

 बुधबार आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको  प्रस्तावित  लाभांश पाउन सक्ने छन् ।

फागुन २७ गते साधारणसभा आह्वान गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले   आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।  

त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा आह्वान गर्दै आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ।  

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता