पात्रो

रेडियो

समाचार खोजी

गभर्नर अधिकारीको अन्तिम मौद्रिक समिक्षा मंगलबार

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

नेपाल  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १३ गते मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । यो गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिको अन्तिम समीक्षा पनि हुने छ। उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ।

मौद्रिक नीतिको समीक्षा पारित गर्नको लागि मंगलबार साँझ संचालक समिति वैठक बोलाइएको छ। संचालक समितिले पारित गरेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने छ। दोस्रो त्रैमासिक समाप्त भएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ ।

 

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्