पात्रो

रेडियो

समाचार खोजी

टाटाको एसयुभी कर्भ ईभी कार सार्वजनिक, टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

काठमाडौं ।  टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको एसयुभी कर्भ ईभी कार सार्वजनिक गर्दै मूल्य पनि घोषणा गरेको छ ।

नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ । यो कुप एसयुभी कर्भ ईभी हो ।


टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई(रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

एलईडी लाइटिङ, टच(बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।

ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।

५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।

सिप्रदीका अनुसार नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्नेछ ।

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता